अर्घाखाँची अस्पतालमा आजदेखि अक्सिजन उत्पादन शुरु: दैनिक ७० सिलिन्डर भर्न सकिने,अक्सिजन भर्न जिल्ला बाहिर जानुपर्ने झन्झट खतम

| २०७८ सावन २६ गते २०: ४१ मा प्रकाशित

 अशोक खनाल ,अर्घाखाँची।अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्टकाे काम सकिएको छ। मंगलबार नि.प्रमुख जिल्ला अधिकारी बिनोद खनालले एक कार्यक्रम का बिच उक्त अक्सिजन पलान्ट को  शुभारम्भ गर्नु भएको थियोे भने आजैबाट नै अक्सिजन  उत्पादन शुरु भएको र  दैनिक ७० सिलिन्डर भर्न सकिने  अर्घाखाँची अस्पताल का प्रमुख डा. कपिल गौतमले जानकारी गराउनु भएको छ।

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट

अर्घाखाँचीबाट अक्सिजन भर्नको लागि जिल्ला बाहिर जानुपर्ने झन्झट हटेकोमा  अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले खुशी ब्याक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्