मंगलवार अर्घाखाँचीमा २० जनाले कोरोना संक्रमणलाई जिते, थप १४ जनामा कोरोना संक्रमित

| २०७८ सावन २७ गते ०२: ३२ मा प्रकाशित

श्याम घिमिरे।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २० जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन ।

 पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ४ जना,मालारानी गाउँपालीकाबाट २ जना र पाणिनी गाउँपालीकाबाट १४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म २९ सय १५ जनाले कोरोनालाई जितेका छन ।

यस्तै मंगलवार थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १० जना, भुमिकास्थान नगरपालीकामा २ जना,मालारानी गाउँपालीकामा १ जना र पाणिनी गाउँपालीकामा १ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३७ सय ४८ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७५४ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३४७ जना, भुमिकास्थान नगरपालीमा १२२ जना , शितगंगा नगरपालीकामा ६३ जना, मालारानि गाउँपालीकामा ११५ जना, पाणिनि गाउँपालीकामा ९० जना र छत्रदेव गाउँपालीकामा १७ जना सक्रिय संक्रमित रहेका छन ।

कोरोना विवरण 

यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यससंगै कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ७९ जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्