आफ्नो पद गुमेपछि मन्त्री आचार्यद्वारा सेवा सुविधा फिर्ता : सरकारी आवास छाडी डेरामा बस्न शुरु

| २०७८ सावन २७ गते १८: ४६ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री  चेतनारायण आचार्यले आजै सरकारी आवास छाेड्नु भएकाे छ । 
 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेलले राजिनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री आचार्यले आजै आवास छाड्दै मन्त्रीको हैसियतले  प्रयोग गर्दै आएकाे सेवा सुविधा   फिर्ता गर्नु भएको  हाे । 
 
आवासमा रहेका सम्पूर्ण सामान मन्त्रालयका कर्मचारी हरुलाई स्वकिय सचिव प्रदिप नेपालीले  बुझाउनु भएकाे छ । यसै गरि उहाकाे स्वकियसचिव प्रदिप नेपालीले लिएकाे सुविधा पनि फिर्ता गर्नुभएको हाे । 
  
मन्त्री आचार्यले आजै सरकारी आवास छोडी डेरामा बस्न सुरु गर्नु भएकाे छ । आफु चड्दै आएको गाडी नयाँ मुख्य मन्त्रीको सपथ पछि भोलि बुझाउनु हुनुहुने छ।  निजि सचिवालयले लिएकाे सबै सुविधा आजै फिर्ता गरेकाे स्वकीय सचिव प्रदिप नेपालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्