पद मुक्त भए सँगै सम्पूर्ण सरकारी सुबिधा राज्यलाई बुझाएर अटो रिक्सामा यात्रा गर्दै नेता आचार्य

| २०७८ सावन २८ गते १३: १३ मा प्रकाशित

अर्घाखाँची। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य पद मुक्त भए सँगै संपूर्ण सरकारी सुबिधा राज्यलाई बुझाएर अटो रिक्सामा यात्रा गर्दै गरेको तस्विर अहिले सामाजिक संजालमा भाईरल बनिरहेको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेलले राजिनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री आचार्यले हिजो नै आवास छाड्दै मन्त्रीको हैसियतले  प्रयोग गर्दै आएकाे सेवा सुविधा फिर्ता गरेका थिए । 
 
आचार्य झन्डै ४ महिनाको आफ्नो कार्यकाल सक्याएर पद मुक्त भएका हुन्। 

प्रतिक्रिया दिनुहोस्