सबैको सहयोग बाट सफल मन्त्री भएको हुँ : पुर्वमन्त्री आचार्य

| २०७८ सावन २८ गते २०: २३ मा प्रकाशित

शोभाखर पन्थी।लुम्बिनी प्रदेशका पुर्व  आन्तरिक मामिला तथा  कानुन मन्त्री चेतनारायण आचार्यले आफु मन्त्री हुँदा हरेक क्षेत्र बाट सकारात्मक सहयोग पाएको बताउनुभयो छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय द्वारा आयोजित बिदायी कार्यक्रममा मन्तव्य राख्दै उहाँले सबैको सहयोग र सद्भावका कारण छोटो समयमा पनि महत्त्वपूर्ण काम गर्न सफल भएको बताउनुभयो । 

उहाँले मुलुककै अब्बल नेता मुख्यमन्त्री शंकर पोख्रेलको निर्देशन र सहकार्यमा कामगर्न पाउँदा आफुले धेरै सिक्ने अबसर पाएको भन्दै यो अबधिलाई सिकाईको रुपमा लिएको बताउनुभयो । मन्त्रालयका सचिव लगायत संपूर्ण कर्मचारीले पुर्याएको अतुलनीय सहयोग सधैव स्मरणीय रहने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्तले मन्त्री आचार्य एक आदर्श पुरुष भएको बताउनुभयो ।  मन्त्री आचार्यमा रहेको उच्च नैतिकता,बिकास प्रतिको तिव्र चाहना,सरलता र ईमान्दारीताले आफुलाई निक्कै प्रभावित पारेको भन्दै  मन्त्री आचार्य सँगको छोंटो समय अबधिको सहकार्य निक्कै फलदायी भएको बताउनुभयो ।

मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकको संचालनमा सम्पन्न कार्यक्रममा मन्त्री आचार्यका स्वकीय सचिव प्रदिप नेपाली लगायत सचिवालयको टिमलाई समेत बिदायी गरिएको  थियो । पछिल्लो मन्त्री मण्डल पुनर्गठनमा मन्त्री बन्नु भएका आचार्यले करिव ३ महिना मन्त्रीको रुपमा काम गर्नुभएको थियो । मन्त्री पद बाट हटे सँगै आफुले प्रयोग गर्दै आएको संपूर्ण सुबिधा सरकारलाई बुझाएर ई- रेक्सामा चढी  हाँस्दै डेरामा फर्किएका आचार्य उच्चछवि भएका नेतामा पर्नु हुन्छ । उहाँ अर्घाखाँची जिल्ला क्षेत्र नं.१ बाट बिजयी  प्रदेश सभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्