अर्घाखाँचीमा सनिवार ८५ जनाले कोरोनालाई जिते, थप ११ जनामा कोरोना पुष्टी

| २०७८ भदौ ५ गते २३: ०३ मा प्रकाशित

श्याम घिमिरे।अर्घाखाँचीमा सनिवार ८५ जनाल कोरोना संक्रमणबाट मुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ५२ जना, भुमिकास्थान नगरपालीकाबाट ५ जना,मालारानी गाउँपालीकाबाट ५ जना,पाणिनी गाउँपालीकाबाट ३ जना र छत्रदेव गाउँपालीकाबाट १ जना गरी ८५ जना कोरोना संक्रमणमुक्त भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ५ सय ३७ जनाले कोरोनालाई जितेका छन ।

यस्तै सनिवार थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४ जना, भुमिकास्थान नगरपालीकामा ३ जना, मालारानी गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा १ जनागरी ११ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३९ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ४२२ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १८६ जना, भुमिकास्थान नगरपालीमा ६९ जना , शितगंगा नगरपालीकामा १२ जना, मालारानि गाउँपालीकामा ११८ जना, पाणिनि गाउँपालीकामा २८ जना र छत्रदेव गाउँपालीकामा ९ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्