बहुबिवाह कसुरमा फरार अर्घाखाँचीका अभियुक्त ८ बर्ष पछि पक्राउ

| २०७८ भदौ ७ गते १७: ३८ मा प्रकाशित

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बहुबिवाह कसुरमा फरार अभियुक्तलाई ८ बर्ष पछि पक्राउ गरेको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ११ स्थायी तेज बहादुर कुवरलाई विशेष सूराकीको आधारमा आफ्नै घरमा आई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कुवँरलाई सम्मानित जिल्ला अदालत अर्घाखाँचीबाट २०७० बैशाख १६ गते वहुविवाह कसुरमा ११ महिना १७ दिन कैद सजाय सुनाईएको थियो तर उनि हाल सम्म फरार थिए ।

उनलाई पक्राउ गरे पश्चात जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची चलान गरीएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिएका छन।अर्घाखाँचीपोष्ट 

प्रतिक्रिया दिनुहोस्