बहुमत हाम्रो पक्ष : नेता चौहान

| २०७८ भदौ ७ गते १८: ५० मा प्रकाशित

हरि कुँवर ,काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले ओलिको अहंकारले पार्टी एकता हुन नसकेको आरोप लगाएका छन् ।

सन्धिखर्क एक कार्यक्रम लाई सम्बोधन गर्दै नेता चौहानले जिल्लामा नेताहरु को अहंकार बढी रहेको अवस्थामा बहुमत आफ्नो पक्षमा रहेको बताएका हुन ।

नेता राम बहादुर चौहान ले सबै कार्यकर्तालाई उच्च मनोबलका साथ नयाँ पार्टीमा सशक्त ढंगले अघि बढ्न आह्वान गरेका थिए । बहुमत आफ्नो पक्षमा भएको ले पार्टी तथा जनसंगठनहरु लाई विस्तार गर्दै व्यवस्थित ढङ्गले अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्