जिल्ला समृद्ध को मुख्य श्रोत सडक : नेता घिमिरे

| २०७८ भदौ ९ गते १५: ०४ मा प्रकाशित

हरि कुँवर ,काठमाडौं ।लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्घाखाँचीका एमाले नेता रामजीप्रसाद घिमिरेले  जिल्ला समृद्ध को मुख्य श्रोत सडक भएको बताएका छ्न। पाँच जिल्लाका सडक जोड्ने क्रम तिव्र चलिरहेको बताएका हुन ।

सन्धिखर्क एक कार्यक्रम बीच नेता घिमिरे ले जिल्ला समृद्ध को मुख्य श्रोत सडक भएको ले रामपुर–कपुरकोट सड्कले पाल्पाको रामपुरबाट, अर्घाखाँची सदरमुकाम सन्धिखर्क हुँदै प्युठान, रोल्पा र सल्यानको कपुरकोट जोड्ने बताएका हुन । 

लुम्बिनी प्रदेशको गौरवको बहुवर्षीय आयोजना अन्तरगत सड्क निर्माण कार्य ले तिव्रता पाएको बताए ।

पहाडका सडक ले कृषि पर्यटन प्रवद्धनमा वृद्धि लयाउने बेरोजगार युवालाई आत्मनिर्भर बनाएर जिल्लासमृद्ध बनाउने दीर्घकालीन योजना रहेको बताए । सन्धिखर्क–पकले–चुजाठाँटी १८ किमी दुरीको काम पनि अन्तिम चरणमा रहेको नेता घिमिरे ले बताए ।

प्रतिक्रिया दिनुहोस्