मृ'त्यु दावी रकम सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अर्घाखाँचीद्वारा घरमै पुगेर विमा रकम हस्तान्तरण

| २०७८ भदौ ९ गते १७: २४ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्क ७ फुद्बांगमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकम भुक्तानी गरेको छ । 

सन्धिखर्क ७ का श्याम क्षेत्रीकाे असामयिक निधन भएपछि  विमा कम्पनीले ८ लाख ७३ हजार  रुपैयाँकाे चेक  घरमै लगेर श्रीमती राधा   क्षेत्रीलाई  हस्तान्तरण गरेको हाे । 

सन्धिखर्क ७ का वडा अध्यक्ष प्रितम बहादुर थापा र अभिकर्ता मधु खनाल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अर्घाखाँची प्रमुख मिना बस्यालले चेक रकम हस्तान्तरण गर्नु भएको हाे । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य बसन्ता केसी , वडा सदस्य रामलाल खनाल, कमला नेपाली , पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला सहसचिव अनिल नेपाली लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्