आज अर्घाखाँचीमा १०० जनाले कोरोना जितेर घर फर्किए: थप १० जनामा कोरोना पुष्टी (सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ ९ गते १७: ४८ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीमा आइतवार १०० जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ६० जना,भुमिकास्थान नगरपालीकाबाट १३ जना,शितगंगा नगरपालीकाबाट ० जना,मालारानी गाउँपालीकाबाट २७ जना, पाणिनी गाउँपालीकाबाट ० जना र छत्रदेव गाउँपालीकाबाट ० जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ८ सय ३६ जनाले कोरोनालाई जितेका छन । यस्तै थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४  जना, भुमिकास्थानमा १ जना ,शितगंगामा ३ जना मालारानी गाउँपालीकामा २ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ७८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १६२ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । 

जसमा सन्धिखर्क नगरपालीकामा ६५ जना, भुमिकास्थान नगरपालीमा १४ जना , शितगंगा नगरपालीकामा १३ जना, मालारानि गाउँपालीकामा ५० जना, पाणिनि गाउँपालीकामा १३ जना र छत्रदेव गाउँपालीकामा ७ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ८०  जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्