भुमिकास्थानको खिल्जीमा सुरु भयो डोजाङ्ग "तेक्वान्दो" प्रशिक्षण

| २०७८ भदौ १५ गते १६: ०८ मा प्रकाशित

प्रकाश दाई। स्वास्थ्यका लागी खेलकुद र रास्ट्रका लागी खेलकुद भन्ने नारा सहित, ग्लोरियस बोर्डिङ स्कुलका प्रिन्सिपल कृश्न बेल्बासे र जिल्ला तेक्वान्दो संघका सचिव तथा कुसल तेक्वान्दो प्रशिक्षक प्रेम आले मगरको संयुक्त प्रयासमा  भुनपा- ६, खिल्जीमा तेक्वान्दो प्रसिक्षण सुरु भएको छ ।

 यो सँगै  आफ्ना नानिबाबुहरुलाई तेक्वान्दो सिकाउने गाउँबासिको चाहना पुरा हुने भएको छ ।शहरबजारमा मात्रै सिमित रहेको रास्टृय स्तरको यो खेलकुदको प्रशिक्षण गाउँसम्म पुर्याउनको लागी अर्घाखाँची तेक्वान्दो सँघले सक्दो प्रयास गरिरहेको छ ।

  यो कार्य गाउँको बिकासको कडिका रुपमा रहने छ साथै पछिल्लो समय गाउँबाट खेलकुद तथा शिक्षाका लागि हुँदै गरेको बसाईसराई रोक्न थप मद्दत गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्