१८ बर्षिय हलिम खान नेपाली कांग्रेसको कान्छो क्षेत्रीय प्रतिनिधि

| २०७८ भदौ २१ गते २१: २५ मा प्रकाशित

कमला पाेख्रेल ,सन्धिखर्क २१ भदौ ।  अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका २ का हलिम खान १८ बर्षकाे उमेरमै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका छन् । हरेक दलको राजनैतिक नेतृत्व युवाहरुमा जानुपर्छ भन्ने आवाज जताततै गुन्जायमान भइरहेको सन्दर्भमा नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा अधिकांश युवाहरु नेतृत्व तहमा आइरहेका छन् ।

यसै परिप्रेक्ष्यमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ बाट जिल्लामै सबैभन्दा कम उमेरका हलिम खान १८ वर्षको उमेरमा  क्षेत्रीय प्रतिनिधिका रुपमा चयन भएका छन् । राजनैतिक यात्रामा आफुले कहिल्यै थकाइ नमान्ने बताउने उनले पार्टीका अग्रजहरुको सहि सल्लाहलाई मानेर अघि बढ्ने पनि बताएका छन् ।सन्धिखर्क नगरपालिका २ स्थायी घर भएका खाँन विद्यार्थी  राजनीतिमा पनि निकै सक्रिय र जुझारु युवा व्यक्तिका रुपमा जिल्लामा परिचित छन् ।

 नेपाल विद्यार्थी संघ सन्धिखर्क नगर सदस्यको जिम्मेवारी समेत सम्हालेका र राजनीति तर्फको विशेष चासो राख्ने भएका कारण निर्विरोध रूपमा आफुले क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पाएको र उक्त जिम्मेवारीलाई सहि ढंगले निर्वाह गर्ने दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्