बिहान देखि अवरुद्व रहेको सन्धिखर्क गोरुसिंगे सडक ६ घण्टा पछि संचालनमा आयो

| २०७८ असोज ४ गते १७: ०४ मा प्रकाशित

बिनोद थापा। सन्धिखर्क गोरुसिंगे सडक अन्तर्गत सुपादेउराली र नरपानीको बिच सडकमा मालबाहक ट्रक बिग्रीदा पूर्ण रुपमा अवरुद्व भएको सडक ६ घण्टा पछि संचालनमा आएको छ। 

आज बिहान करिब १० बजेको समयमा बुटवल देखि सन्धिखर्क तर्फ आउँदै गरेको जाली बोकेको मालबाहाक ट्रकको पट्टा भाच्चिदा समस्या आएपछि दिउँसो ४ बजे सम्म सन्धिखर्क गोरुसिंगे सडक अवरुद्व रहेको थियो।

खुसीको खबर ६ घण्टा सम्म अवरुद्व भएको सडक साँझ ४ :३० बजेको समय पछि खुलेको छ। 

प्रतिक्रिया दिनुहोस्