जिल्ला प्रहरी कार्यालय अर्घाखाँची द्वारा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

| २०७८ असोज ५ गते १७: ५७ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। 
असोज ५  -  जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले एक कार्यक्रमका बिच आफ्नो सार्बजनिक सुनुवाइ  कार्यक्रम  सम्पन्न  गरेको छ।

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा शसस्त्र प्रहरी बल ३६ न. का गुल्मपती रामकृष्ण महर्जन ,अनुसन्धान प्रमुख बिनय चर्तुबेदी ,सन्धिखर्क नगरपालिका वडा न.१ का वडा अध्यक्ष युबराज बन्जाडे वडा न. २ का वडा अध्यक्ष मोतिजङ रायमाझी उधोग बाणिज्य संघ का अध्यक्ष युबराज श्रेष्ठ  सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष राम बहादुर चौहान जिल्ला  रेड्क्रस का  सभापति कुशल भुसाल जिल्ला स्थित  चेम्बरअफ कमर्श यातायात ब्याबसायी विभिन्न संघ संस्था का प्रमुख  प्रतिनिधि संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यलयले गरेका कामको सम्पादन प्रस्तुतीकरण गर्नु भएको थियो उहाँले जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले डिसिसिएमसि को बैठकले गरेका निर्णय हरु कार्यन्यन गरेको ,प्रत्येक पालिका मा गुनासो पेटिका राखिएको ,जिल्लामा ३०५ जना जनशक्ति रहेको मा ७५% लाई दैनिक जनसेवामा परिचालन गरिएको ,जुवातास तथा सामाजिक बिचलन ल्याउने लाई कार्बाही तथा अनुसन्धानमा राखिएको ,४ ठाउँ मा नियमित चेकपन्ट राख्नुका साथै अहिले जिल्लाको ३५ वटा स्थानमा चिकिङ गरिरहेको , चोरी तथा सामाजिक खलबल मच्चाउन खोज्ने हरु लाई कानुनी दायरा ल्याइएको यस्को निम्ति २४ सै घन्टा प्रहरी परिचालन गरिएको बिपत्ति जन्य घटना मा प्रहरीले फन्ड लाइनमा काम गरेको कोबिड -१९ लगायत का महामारीको बेलामा प्रहरी अग्रदस्तामा खटिएको , अबैध घरेलु मदिरा उत्पादन मा रोक लगाइएको ,लागु औंषध तथा दुर्बसनी सम्बन्धमा कठोर निर्णय गरिएको ,अनुशीक्षण तालिम संचालन गरिएको ,आत्महत्या तथा बालबिबाह मा कमि ल्याइएको प्रहरीले  जहिले पनि मुस्कान सहितको सेवा प्रदान गरिएको उल्लेख गर्नु भएको थियो 

प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापको अध्यक्षता सम्पन्न कार्यक्रम को संचालन जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी  प्रहरी निरीक्षक गणेश खनालले  गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्