४२ औँ सामाजिक दिवस यौन तथा प्रजनन स्वास्थ सुरक्षित गर्भपतन सम्बन्धित भेदभाब न्युनिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७८ असोज ६ गते १७: ४१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 आस्बिन ६ -  ४२ औं सामाजिक दिवस /यौन तथा  प्रजनन स्वास्थ सुरक्षित गर्भपतन सम्बन्धित भेदभाब न्युनिकरण का लागी नागरिक समाज बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
  
प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री सन्धिखर्क नगरपालिका कि शाखा अधिकृत मन्जु खनाल उधोग बाणिज्य संघ का सदस्य लक्ष्मण कडेल रेडक्रस का जिल्ला सभापति कुशल भुसाल विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधि संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।
    
कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य घिमिरेले भन्नू भयो गैर सरकारी संस्था हरु नागरिक हरुको बिचमा काम गर्ने सस्था हरु भएकोले यस्ता संस्था हरु प्रत्यक्ष रुपमा  सरकार र नागरिक सग एक साथ हातेमालो गरेर काम गर्न अनुरोध गर्नु भयो ।
 
कार्यक्रम का बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी पौडेलले गैर सरकारी संस्था हरु एउयै निति  र कानुनले चल्ने हुदा  सबै संघ  संस्था हरु व्यवसायी नियमित र प्रभावकारी  रुपले  संचालन गर्नु पर्ने भन्दै नागरिक समाज तथा नागरिक समाजमा काम गर्ने संघ संस्था हरु नागरिक समाजको पहरेदारी गर्न सबैमा अनुरोध गर्नु भयो कसैले पनि लुकेर अँध्यारो कोठाम बसेर काम गर्न   खोजेको उल्लेख गर्नु हुदै पारदर्शी मितब्यायि र प्रभाबकारी बनाउन को लागी समन्वय सहकार्य र सहभागी मा साझेदारी गर्न सबै मा आव्हान समेत गर्नु भयो उहाँले जिल्ला मा पाँच सय संघ संस्था हरु दर्ता भए पनि मुस्किलले एक सय मात्रैले काम गरेको प्रष्ट पार्नु भयो।
 
सोही कार्यक्रममा सन्धिखर्क नगरपालिका कि शाखा अधिकृत मन्जु खनालले नागरिक समाज तथा नागरिक समाजको बिचमा काम गर्ने  विभिन्न संघ संस्था हरु स्थानीय सरकारले गरेको कामको निगरानी खबरदारी र स्वावासी दिनु भएक छ कि छैन आफैले रिवालाइज गर्नु होला भन्दै बिकास निर्माणका काम  लगायत सामाजिक उत्तरदायित्वको सबालमा वडा वडा मा गर्ने निर्णयमा तपाई हरुको सहभागिता भएको छ कि छैन भनी प्रश्न गर्नु भएको थियो उहाँले स्थानीय निकाय हरुले सामाजिक संघ संस्था मा काम गर्ने हरु सग साझेदारी गरेको उल्लेख गर्दै जहिले पनि सहकार्य गर्ने उल्लेख गर्नु भयो ।
 
गैर सरकारी संस्था महासंघको आयोजना र   आइपास नेपालले सहयोगम सप्पन्न  कार्यक्रम को अध्यक्षता गैर सरकारी  संस्था महासंघ का अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षता फर्सुराम पान्डे को स्वागत र राधा नेपाली को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्