काङ्ग्रेस भित्र दलितहरूको हक अधिकार सुनिश्चित गर्नका लागि जिल्ला सदस्य मा उमेदवारी दिदैँछु : दुर्गाबहादुर नेपाली

| २०७८ असोज १३ गते १९: ४३ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। नेपाली काङ्ग्रेस का युवा नेता दुर्गा बहादुर नेपाली सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट बाट  क्षेत्रीय प्रतिनिधि मा सर्बसहमत निर्वाचित बनेर जिल्लामा प्रतिनिधित्व गर्ने सोच बनाए र अगाडि बढेका छन। 

बिगत लामो समयदेखि काङ्ग्रेसको राजनीति मा सक्रिय रहेका  नेता नेपाली  अहिले जयदुर्गे कन्ट्रकसन का सन्चालक र बिधुत लाईन बिस्तार मर्मतमा निकै अनुभबि राम्रो काम गर्न सक्ने निर्माण ब्यबसायिको रुपमा अर्घाखाँची गुल्मि प्युठान पाल्पा रुपन्देही कपिलवस्तु दाङ जिल्लामा छवि बनाउन सफल भएका ब्यक्ति हुन । नेपाली  राजनीति सगै ब्यापार मा लागेका सफल स्पट बोल्ने  ब्यक्ति को रुपमा परिचित छन । 

दुर्गा भन्छन मलाई  क्षेत्रीय प्रतिनिधि मा निर्वाचित गरेका जन्ताले दलित कोटाबाट जिल्ला सदस्य मा  उमेदवारि दिन दवाब दिएपछि दुर्गाले  राजनीति मा होमिने सोचका साथ अगाडि बढेको बताउछन । सन्धिखर्क लगाएत ६  स्थानिय पालिकामा  क्षेत्रीय प्रतिनिधि लाई भेटघाट गरेका नेता नेपाली कुनै हालतमा ब्याक हुने पक्षमा नभएको बताउछन ।  दलितकोटामा उमेदवार घोषणा गरेका दुर्गा  भन्छन मैले अब फुल टाईम राजनीति गरेर काङ्ग्रेस को सगठनलाई चलाएमान बनाउछु मेरो उदेश्य काङ्ग्रेस लाई बलियो बनाउने दलित हरुको हक अधिकार लाई सुनिश्चित गर्ने काङ्ग्रेस भित्र देखिने गुटउपगुट अन्त्य गर्ने  अर्घाखाँची जिल्लामा काङ्ग्रेस को चारतारे झन्डा जताततै फहराउने हो मैले काङ्ग्रेसको सगठन मजबुद र क्रियासिल बनाउन जस्तोसुकै सहयोग गर्न पनि पछाडि नपर्ने त्यसैका लागि उमेदवारि दिन लागेको बताउछन । 

विगत देखि सामाजिक क्षेत्रमा काम गर्दै सएका दुर्गाले बिगतमा कोरोना कहरका बेला  दिल्ली लगाएत छिमेकी जिल्ला बाट नेपाल अर्घाखाँची आई क्वारेन्टाइन मा बसेकाहरु लाई खाना दाल तरकारि चाबल सहयोग गरेका दुर्गाले  अहिले पनि सहयोग लाई निरन्तरता दिदै आएका छन सानै उमेरमा राम्रो सग ब्यबसाय गरेका दुर्गाले अहिले झन्डै १५० जना युवाहरुलाई विभिन्न  ठाउमा रोजगारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्