विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी अर्घाखाँचीद्वारा प्रशासन अगाडी धर्ना

| २०७८ असोज १८ गते १५: २८ मा प्रकाशित

अर्घाखाँची ।विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी अर्घाखाँचीले धर्ना एवं कोणसभा सन्धिखर्कमा सम्पन्न गरेको छ।सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय गेट अगाडि  धर्ना दिएको हो ।नेकपाले जिल्ला प्रशासन कार्यालय अगाडि बाट ब्यानरसहितको कोणसभा र धर्ना कार्यक्रम गरेको थियो।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सदस्य नवीन खड्काले विनासर्त सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरे । गैरकानुनी रुपमा पार्टीमाथि प्रतिबन्ध लगाएर तत्कालिन ओली सरकारले दमन गरेको भन्दै पक्राउ परेका सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न उनको माग थियो ।खड्काले दार्चुलामा तुहिन काटेर हत्या गरेको बिषयमा सरकार मुकदर्शक भनेको र जनताको सुरक्षा बारे बोल्न नसक्ने सरकार जनपक्षीय नहुने बताउदै ।

अमेरिकी सहयोग एमसिसी खारेजीको समेत माग गरेका थिए।सरकारसँग सहमति भएको लामो समय भइसक्दा पनि नेता कार्यकर्ता नछोडेको भन्दै नेकपाले धर्ना कार्यक्रमको आयोजना गरेको नेकपा सदस्य खड्काले बताए।कार्यक्रमको संचालन गरेका खड्काले पाठक सहमति कार्यान्वयन नभए सरकारले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्ने चेतावनी दिए।तीन बुँदे सहमतिको कार्यन्वयन,पार्टीका नेताकार्यकर्तामाथि लगाइएका झुठ्ठा मुद्धा खारेज र सम्पूर्ण राजबन्दी रिहाइको माग गर्दै नेकपाले आज देशव्यापी धर्ना दिएको छ।गत फागुन २१ गते नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेकपाबीच ३ बुदेँ सहमति भएको थियो । सो सहमति अनुसार नेताहरुमाथि लगाइएका मुद्दाहरु खारेजी र नेताकार्यकर्ता रिहाई भएका छैन ।सबैको संदेश बाट साभार 

प्रतिक्रिया दिनुहोस्