अर्घाखाँचीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि: ३ जना डिस्चार्ज

| २०७८ असोज २१ गते २०: ०२ मा प्रकाशित

श्याम घिमिरे,सन्धिखर्क। 
असोज २१ -अर्घाखाँचीमा बिहिबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकामा १ जना, पाणिनी गाउँपालीकामा ६ जना रछत्रदेव गाउँपालीकामा १ जनागरी ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ३४ पुगेको छ । यस्तै बिहिबार ३ जना कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट २ जना, र पाणिनी गाउँपालीकाबाट १ जनागरी ३ जना निको भएका छन । यससंगै हालसम्म ४ हजार १ सय ४१ जनाले कोरोनालाई जितेका छन ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १११ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ४२ जना, भुमिकास्थान नगरपालीमा ५ जना, शितगंगाा नगरपालीकामा १ जना,मालारानि गाउँपालीकामा ९ जना,पाणिनी गाउँपालीकामा ५१ जना र छत्रदेव गाउँपालीकामा ५ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८२ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्