नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँची द्वारा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

| २०७८ असोज २२ गते १९: ४८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
आस्बिन २- नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले बिजयादशमी शुभ दिपावली- २०७८ लगायत का पर्व हरुको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
 
लुम्बिनी प्रदेश सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा, संगठन का केन्द्रिय सदस्य बलाराम मिश्र ,सिबिए अर्घाखाँचीका अध्यक्ष झबिन्द्र खनाल,कर्मचारी मिलन केन्द्र का अध्यक्ष बिनोद खनाल कर्मचारी युनियन का जिल्ला उपाध्यक्ष माधब अर्याल प्रेस चौतारीका  द्वय केन्द्रिय सदस्य शोभाखर पन्थी गणेश खनाल लगायतको उपस्थित रहेको थियो ।


 कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि घिमिरेले भन्नू भयो कुनै पनि धर्मको नाममा चाड्पर्ब लाई वर्गीकरण गर्न नहुने  कुनै पनि पर्व र संस्कृतीले सबैको एकता लाई बलियो बनाउने उल्लेख गर्दै  कर्मचारी हरु आफ्नो घर पाइक पर्ने र राम्रो श्रोत भएको ठाउँमा जान खोज्नु अहिले को समस्या भएको भन्दै कर्मचारी हरु राज्यको संयन्त्र भएकोले राज्य लाई जहाँ आबस्यकता पर्छ उहीँ जान तयार रहन समेत अनुरोध गर्नु भएको थियो ।
 
कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी पौडेलले कर्मचारी समाजको अगुवा बर्ग भएकोले हालको बिषम परिस्थितिमा कुनै किसिमको भिडभाड गरि पर्व नमनाउन भिडभाड जन्य गतिबिधी लाई निरुत्साहित गर्न अनुरोध गर्दै कर्मचारीहरु कुनै पनि आग्रह र पुर्बाग्रह मा नलागी जनसेवामा लाग्न सम्पुर्ण कर्मचारी हरुलाइ आह्वान गर्नु भएको थियो । 

कार्यक्रममा प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा,संगठनका केन्द्रिय सदस्य बलाराम मिश्र ,सिबिएका जिल्ला अध्यक्ष झबिन्द्र खनाल प्रेस चौतारीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक शोभाखर पन्थी नेपाल पत्रकार महासंघ का जिल्ला अध्यक्ष लगायतका बक्ता हरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन का  जिल्ला अध्यक्ष शिला पोख्रेल को अध्यक्षता संगठन को  जिल्ला उपाध्यक्ष तुल्सा श्रेष्ठ को स्वागत मन्तव्य  तथा सुर्बण खनालको संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्