सडकका खाल्डाखुल्डी पुर्दै सन्धिखर्क नगरपालिका

| २०७८ असोज २७ गते २२: ५३ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सदरमुकाम सडकका खाल्डाखुल्डी पुरेको छ। वडा दसैं, दिपावली तथा छठ पर्वको अवसरमा यात्रुहरूलाई सजिलोको लागि बजार तथा नगरपालिकाभित्र गाडिको चापले गर्दा परेका खाल्डाखुल्डी पुर्ने काम गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए। 

सन्धिखर्क नगरपालिकाको अर्घामन्दिर जाने बाटो भक्तिटोलादेखि चुत्राबेसि सन्धिखर्क हुँदै हस्पिटल लाईनसम्म यात्रु तथा गाडि हिड्न समस्या परेकाे ठाउँहरुमा ग्राभेल गर्ने माटोले खाल्डाखुल्डी पुरेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। 

खाल्डाखुल्डी पुरेपछि यात्रु तथा सवारी साधनलाई सहज हुने भन्दै बीच बाटोमा देखिएका खाल्डाखुल्डी पुर्न लागिएको र नगरपालिका सबै ठाउँमा यो कामलाई पनि निरन्तरता दिने नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको भनाइ छ।  

नगरपालिकाका धेरै सडकहरु कालोपत्रे धमाधम भईरहेका छन् भने सडकमा देखिएका सामान्य खाल्डाखुल्डी पुरेर सवारिसाधनलाई सहज गर्न कामको सुरुवात गरिएको नगरपालिका प्राविधिक नारायण पोख्रेल जानकारी दिए। 

सडकमा ३० वटा ट्याक्टर जेसिभि लोडरसमेत प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने काम सुरु गरेपछि स्थानीय नगरपालिका बासि यात्रु सवारि चालक खुसी भएका छन खाल्डाखुल्डी पुर्ने कामको जिम्मेवारी सागर निर्माणले लिएको छ।

प्रतिक्रिया दिनुहोस्