बाँगी खोलाको कज्वे नजिकै नव दुर्घा ग्रील उधोग अघि रोकेर राखेको टीभीएस कम्पनि को अपाची बाइक बाँगी खोलाले बगायो

| २०७८ कार्तिक ३ गते ०४: १७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची मा केहि दिन अघि देखि अरेको अविरल बर्षा का कारण सन्धिखर्क २ को चुत्रावेसी बजार लगायत बाँगी खोलाको कज्वे आसपास का क्षेत्रहरु  जलमग्न भएका छन्। 

चुत्रावेसीको भक्तिटोला मा रहेको हाईस काउन्टर लगायत बाँगी खोलाको किनार त्रिवेणी चोकमा रहेको पेट्रोल पम्प लगायत आसपासमा रहेका बाइक ग्यारेज हरु पानीले डुबानमा परेको अवस्थामा रहेका छन्। 
 
सन्धिखर्क २ को बाँगी खोला कज्वे नजिकै नव दुर्घा ग्रील उधोग अघि रोकेर राखेको २०० सिसि को टीभीएस कम्पनि को अपाची बाइक बाँगी खोलाले बगाएर बेपत्ता पारेको खबर प्राप्त भएको छ। 

घोंचे खोला र बाँगी खोलाको बहाब अहिले सम्मकै उच्च रहेको स्थानीयहरुको भनाइ रहेको छ। बजारवासी हरु बाढीको डर त्रासले मध्यरातमा सडक मा निस्किएका छन्। बाढी सहित आएको खोला थुनिएको ठाउँमा जेसिबी द्वारा खोला खुलाउने कार्य भईरहेको छ। 

प्रतिक्रिया दिनुहोस्