सन्धिखर्क तिनदिन देखिको लगातार बर्षाको कारण अर्घाखाँचीको जनजिबन प्रभावित:बाँगी खोला भद्री खोला र घोंचे खोला आसपास का घरहरु प्रभावित

| २०७८ कार्तिक ३ गते १२: ३८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
कार्तिक ३-  सन्धिखर्क  तिनदिन देखिको लगातार बर्षाको कारण अर्घाखाँचीको जनजिबन प्रभावित  भएको छ सदरमुकाम को अलवा जिल्लाका ग्रामीण क्षेत्रका अधिकाम्स  सडक अबरुद्ध भएका छन भने मंगलबार मध्य रातमा परेको भिषण बर्षाको कारण सदरमुकाम को चुत्राबेसी हुँदै बग्ने बाँगी खोला , भद्री खोला र घोंचे खोला आसपास का घर हरु प्रभावित भएका छ्न ।
 
बुधबार बिहानै देखी सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल सहित उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल जिल्ला स्थित शसस्त्र  प्रहरी नायब उपरीक्षक  रामकृष्ण महर्जन , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा , नेपाली सेना  सन्धिखर्क नगर पालिका का सब इन्जिनियर हरि बोहरा नेकपा एमाले नेता श्रीकृष्ण भुसाल , नेपाली काङ्ग्रेस का नेता कृष्ण खनाल माओबादी केन्द्र का नेता छम कुमारी खनाल राजेन्द्र भुसाल राजमो नेता कमल प्रसाद घिमिरे  नेकपा बिप्लब समुहका नेता खेम घर्ती  नेकपा (एस ) का युबानेता पुस्कर पौडेल वडा न . २ का वडा अध्यक्ष मोतिजङ रायमाझी शैक्षिक ब्याक्तित्व युबराज भुसाल  सामाजिक ब्याक्तित्व  दुर्गा प्रसाद भुसाल विभिन्न संघ संस्था का प्रतिनिधि हरु उद्वार मा खटिरहेका छन् हाल सम्म कुनै मानबिय क्षती भएको छैन।

प्रतिक्रिया दिनुहोस्