जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना मा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न  (तस्विर सहित)

| २०७८ कार्तिक ८ गते २०: २५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
कार्तिक ८- जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना मा बाषिक समिक्षा कार्यक्रम सम्पन्न  भएको छ।
 
संघिय सरकार प्रदेश सरकार  र स्थानीय सरकार हरुले सम्प्रादित गरेका  कार्यहरुको बारेमा १९ वटा सरकारी कार्यलय ६ वटा स्थानीय तह १ संस्था गरि कुल २६ वटा कार्यलय हरुले  प्रगति विवरण प्रस्तुत गर्नुका साथै   समस्या समाधान र चुनौती का बिषयमा आ आफ्नो कार्यलयका  विवरणहरु  प्रस्तुतिकरण गरिएको थियो ।

प्रतिनिधि सभाका सदस्य मान बहादुर बिक को  प्रमुख आतिथ्यता मा शुरु  कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुस्पा भुसाल , प्रदेश सभा  सदस्य हरु रामजी प्रसाद घिमिरे , निर्मला क्षेत्री ,जालपा भुसाल,जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु  जिल्ला  स्थित ६ वटै  स्थानीय तहका प्रमुख उप प्रमुख ,प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे ,जिल्ला स्थित शुरक्षा निकायका प्रमुख हरु ६ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत हरु , जिल्ला स्थित सम्पुर्ण कार्यलय का कार्यलय प्रमुखहरु विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरु तथा संचारकर्मी हरुको उपस्थित रहेको  थियोे ।

कार्यक्रममा प्रमुख अतिथी  प्रतिनिधि सभा सदस्य मान बहादुर बिक ,  बिशिस्ट अतिथी प्रतिनिधि सभा सदस्य  पुस्पा भुसाल, प्रदेश सभा सदस्य हरु  रामजी प्रसाद घिमिरे, जालपा भुसाल , प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे जसपा का नेता नेत्र थापा लगायतका बक्ता हरुले शुभकामना मन्तव्य दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल को अध्यक्षता समन्वय अधिकारी लक्ष्मी पान्डे गौतम को स्वागत र बिनोद कुवरको संचालन मा  कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्