देशैभरी वीरजंगको स्मृतीसभा कार्यक्रम सम्पन्न

| २०७८ कार्तिक १० गते १६: ३८ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आदरणीय अभिभावक वीरजङ्गको सम्मानमा आज देशव्यापी श्रद्धाञ्जली कार्यक्रमको क्रममा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला को आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चन्द्रबहादुर चन्द विरजंगको स्मृर्तीमा आज देशैभरी पार्टी र सम्बद्ध संगठनहरुले श्रद्धान्जली सभा आयोजना गरेका छन ।

 पार्टी केन्द्रिय समितिको आयोजनामा अर्घाखाँची कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी खेम घति नेकपा बिद्यार्थी केन्द्रिय सदस्य नवीन खडका लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेका थिए। विरजंगको सम्झनामा  कार्यकर्ताहरुले तस्वीरमा माल्यार्पण गरी स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्