मृगौला पीडित नेपालीको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

| २०७८ कार्तिक १८ गते १४: ३८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।दुबै मृगौला पीडित शिव बहादुर  नेपालीले सहयोग पाए बाँच्ने थिएँ भन्दै सहयोगको लागि याचना गरेका छन । 

अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं १ तुम्कोट निवासी ३८ बर्षिय शिव बहादुर नेपाली दुबै मृगौला फेल भएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन । 

पीडित नेपाली जन्मेको ६ महिनामा बुवा बितेर टुहुरो भएको र केहिसमय पछि आमाले समेत उनलाई छोडेर अन्यत्र गएकोले उनको बालापन संकटपुर्ण रह्यो र पारिवारिक आर्थिक अवस्था निकै कम्जोर पढ्न नपाई सानै उमेरमा भारततिर लागेका शिवका हाल श्रीमती २ छोरा र १ छोरी गरि जम्मा ५ जनाको परिवार छ।

आर्थिक अवस्था कम्जोर भएपछि  छोराहरु ९ र १० कक्षामा अध्यनरत छन भने छोरिले १ कक्षामा पढाउन समेत समस्या आएको परिवार निकट जनक बस्यालले बताए । घरको आर्थिक अवस्था कमजोर रहेका निज शिव नेपालीलाई  उपचारगर्न कठिनाई परिरहेको छ।

परिवारले शिवको  जीवन रक्षाको लागि  सहयोगी मनका धनी समाजसेवी देश विदेश , संस्था प्रति हार्दिक अनुरोध गरेको छ । 

सन्धिखर्क वडा सदस्य तथा समाज सेवि लक्ष्मन पराजुलीले पीडित परिवार लाई संकलित रकम ५१ हजार ६ सय ५०  हस्तान्तरण गर्दै सहयोगी मनहरु प्रति सहयोग गरिदिनुहुन समेत आग्रह गरेका थिए ।

सहयोगको लागी - 

शिवबहादुर नेपाली
रास्ट्रीय वाणिज्य बैंक-  ३०५००२११००१० 

नेपाल बैंक लिमिटेडको २७९११३०७०१६५७७०००००१

मोबाइल न-  ९८५७०६१२९१

प्रतिक्रिया दिनुहोस्