कामना सेवा बिकाश बैंक ठाडाद्वारा नेपालकै प्रसिद्ध सुपादेउराली मन्दिरलाई डस्टबिन बितरण

| २०७८ कार्तिक २६ गते १४: ४५ मा प्रकाशित

अर्घाखाँची, कार्तिक २६। कामना सेवा बिकाश बैंक लिमिटेडको १५औ बार्षिक उत्सवको उपलब्धमा सितगङ्गा नगरपालिका ४ ठाडा अमराइमा रहेको शाखा कार्यलयले सुपादेउरालिमै पुगेर एक  कार्यक्रम गरि ५ थान पलास्टिक डस्ट्बिन बितरण गरेको छ। 

कार्यक्रममा वार्ड न २ का अध्यक्ष गोबर्धन थापा,मन्दिर समितिका पदाधिकारी,बैंकका कर्मचारि स्थानीय पत्रकारहरुको उपस्थितिमा डस्टबिन वितरण गरिएको बैंकका  सम्बन्ध प्रबन्धक महेश खनालले जानकारी दिएका छन। 

प्रत्येक बर्ष बार्सिक उत्सवमा हाम्रो शाखाले बिभिन्न कार्यक्रम गरि उत्सव मनाउने गरेको खनालले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्