पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि बिरुद्ध ,कार्तिक ३० गतेको नेपाल बन्दको पुर्व सन्ध्यामा नेकपाको मसाल जुलुस सम्पन्न

| २०७८ कार्तिक २९ गते २३: १४ मा प्रकाशित

गुरुदेव खनाल,अर्घाखाँची।पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले केन्द्रीय कार्यक्रम अनुसार भाेलिकाे नेपाल बन्दको पूर्वसन्ध्यामा सदरमुकामको सन्धिखर्क लगाइत जिल्ला का ६ स्थानीय तहमा मसाल जुलुस( राके जुलुस) बालेर प्रदर्शन गरेको छन। 

सदरमुकाम सन्धिखर्क को मजदिस लाइन बाट निस्किएको मसाल जुलुस चुत्राबेसी बजारमा आएर काेणसभामा परिणत भएको थियोे।

काेणसभालाई सम्बाेधन गदै नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका जिल्ला सेक्रेटरी खेम घर्तिले सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्वि फिर्ता नगरेकोले सङ्घर्षमा उत्रिएको बताउदै मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताउदै फिर्ता नभए कडा कदम चाल्ने बताए । तेसै गरि अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा सन्धिखर्क र भुमिका स्थान नगरपालिका पार्टी इन्चार्ज नवीन खड्काले कोण सभा लाई सम्बोधन गरेका थिए ।

मसाल जुलुसमा नेता कार्यकर्ता र स्थानीय जनताको उल्लेख्य सहभागी रहेको थियो। भाेलिको नेपाल बन्दलाई सफल बनाउनका लागि उद्याेगी, व्यवसायी, बिधालय ,संघसंस्था सराेकारवाला निकाय सबैलाई सहयोग गर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्