युवा व्यवसायी तथा समाजसेवी प्रदिप मिश्रले हर्नेया पीडित श्यामलालको उपचारका लागी काठमाडौँ सम्मकाे एम्बुलेन्स खर्च वेहाेर्ने

| २०७८ मंसिर २ गते १२: ३५ मा प्रकाशित

अर्घाखाँची। उघाेग वाणिज्य संघ ,अर्घाखाँचीका महासचिव तथा मिश्र सप्लायर्स  , मिश्र निमार्ण सेवा , सन्धिखर्क राेडा ढुङ्गा उघाेगका निर्देशक प्रदिप मिश्रले  हर्निया बिग्रीएर समस्यामा परेका अर्घाखाँचीका हर्नेया पीडितलाई उपचारका लागि काठमाडौ सम्मकाे एम्बुलेन्स खर्च वेहाेर्ने भएका छन।  आज विहान अर्घाखाँची देखि काठमाडौंका लागि उपचार गर्न पिडित एम्बुलेन्समा  हिडेका छन ।

 विगत तेह्र वर्ष अघिदेखिको हर्नेया रोग बाट पीडित रहेका अर्घाखॉची जिल्लाको सन्धिखर्क नपा-९ नौलापानीका गरिब बिपन्न द’लि’त परिवारका ४९ वर्षिय श्यामलाल सार्की नेपालीको यो दयानिय अवस्था रहेको छ।

 गुल्मीका युट्युब पत्रकार मोहन बस्नेतले उक्त बिरामीको समस्यालाई जस्ताको तस्तै सामाजिक संजालमा ल्याए पछि विभिन्न सामाजिक  काममा सहयाेग गर्दे आउनु भएका मिश्रले  काेराेनाकाे समयमा पनि दिनदुखि गरिव परिवारलाई खाधान्न दिएर सहयाेग गर्नु भएकाे थियाै ।

प्रतिक्रिया दिनुहोस्