इन्द्रमणि पौडेलको उदेश्य कांगेस सदस्यमा वृद्धि देखि ,नेतामुखी भन्दा नितिमुखी पाटी बनाउने सम्म

| २०७८ मंसिर ५ गते २१: ५० मा प्रकाशित

अर्घाखाँची। नेपाली काग्रेसको १४ महाधिबेसनमा अर्घाखाँची जिल्ला बाट ४ जना सभापतिमा उमेदवार रहेका छन । जस मध्ये इन्द्रमणि पौडेलले आफ्नो संकल्प सहित घोषण पत्रनै कार्यक्रतालाइ बितरण गरेका छन । १३ औ महाधिबेसनमा अत्याधिक मत सहित महाधिवेसन प्रतिनिधीमा निर्वाचित पौडेल सामाजिक क्षेत्रमा सक्रिय नेता हुन ।

१५ बर्षको उमेर देखि सक्रय रुपमै कांग्रेसको झण्डा बोकेका पौडेल काग्रेस कार्यक्रतामाझ परिचित र लोकपृय समेत मानिन्छन । बिभिन्न प्रोजेक्ट मार्फत जिल्लाका धेरै स्थानमा जोडिएका पौडेलले बिभिन्न क्षेत्रबाट पाटी कार्यक्रतालाई आवश्यक सहयोग गर्ने गरेका पनि छन । साधारण पारिवारिक पृष्ठभुमीका पौडेल सरल इमान्दार जनस्तरमा खट्ने र जिल्लामै बसेर राजनिति गरिरहेका नेताहुन ।

१४ महाधिबेसनमा सभापति पदमा उमेदवार पौडेलले मुख्य सोच रोजगार उद्यमशीलता र सामाजिक न्यायका माध्यमबाट समृद्ध काग्रेस निर्माण रहेको बताउछन । १४ औ महाधिबेसनमा पौडेलको उदेश्य जित्नुमात्र लाइ दिएका छैन्न । उनेले आफ्नो मुख्य उदेश्य काग्रेसलाई जिल्लाको पहिलो पाटी बनाउने बताएका छन २८ हजार समानुपातिक मत लाई आगामी चुनावमा ४५ हजार पुराउने १२ हजार क्रियाशिल सदस्यलाई १८ हजार पुराउने र बिभिन्न पाटीका १६ जनार विपक्षीलाई काग्रेस प्रवेस गराउने बिशाल लक्ष्यका साथ मैदानमा उत्रेका पौडेललाई क्षेत्रिय प्रतिनिधीहरुले समेत प्रतिवद्धता प्रति खुशी छन ।

प्रतिक्रिया दिनुहोस्