नेपाली काङ्ग्रेस अर्घाखाँचीको १४ औं जिल्ला अधिबेशनको उदघाटन समारोह कार्यक्रम सम्पन्न (भिडियो सहित)

| २०७८ मंसिर ६ गते १९: ४५ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।
मंसिर ६- नेपाली काङ्ग्रेस अर्घाखाँचीको १४ औं जिल्ला अधिबेशन को उदघाटन समारोहको कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य मान बहादुर बिक को प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा केन्द्रिय सदस्य तथा प्रमुख सचेतक पुस्पा भुसाल पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसाल नेता राम बहादुर बिसि प्रदेश सभा सदस्य निर्मला क्षेत्री , पुर्ब सभापति पिताम्बर शर्मा , कमल प्रसाद भुसाल स्थानीय निकायमा निर्बाचित प्रमुख हरु निर्बाचित पार्टी क्षेत्रीय प्रमुख हरु जबस मोर्चाका प्रमुख हरु लगायत को उपस्थित रहेको थियोे ।

उदघाटन समारोह मा प्रमुख अतिथि मान बहादुर बिक , बिशिस्ट अतिथी पुस्पा भुसाल अतिथी हरु रेवती प्रसाद भुसाल डा. राम बहादुर बिसि पिताम्बर शर्मा कमल प्रसाद भुसालले शुभकामना मन्तव्य ब्याक्त गरेका थिए ।
 
उदघाटन समारोहमा बोल्ने अधिकाम्स बक्ता हरुले नेपाली काङ्ग्रेस लोकतन्त्रको पाठशाला भएकोले सहमति सहकार्य र एकताका साथ अधिबेशन सम्पन्न गर्न सबै नेता कार्यकर्ता लाई आव्हान गरेका थिए , कार्यक्रमको बिच बिचमा सास्कृती कार्यक्रम हरु पनि प्रस्तुत गरिएको थियो ।

 जिल्ला सभापति बिष्णु खनाल मुस्कान को अध्यक्षता शान्ता भन्डारी को स्वागत मन्तव्य  र पार्टी सचीव छबिलाल पौडेल को संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्