माओवादी केन्द्र अर्घाखाँचीको चार वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन, को कहाँ ? (सुचीसहित)

| २०७८ मंसिर १२ गते १९: ४३ मा प्रकाशित

अशोक खनाल। २०६४ सालको बिरासत झल्कने गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अर्घाखाँचीले पालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ ।

शनिबार केन्द्रले जिल्लाको चार वटा पालिकाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

सन्धिखर्क नगरपालिकामा केन्द्रले राजेन्द्र भुसाललाई अध्यक्ष चयन गर्दै ५९ जनाको कमिटी निमार्ण गरेको छ । सितगङा नगरपालिकामा मणि अधिकारीको अध्यक्षतामा ६२ जनाको कमिटी बनेको छ । त्यस्तै मालारानी गाउँ पालिकामा पदम क्षेत्रीको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी बनेको छ । त्यस्तै छत्रदेब गाउँपालिकामा रामलाल पराजुलीको अध्यक्षतामा ५५ सदस्यीय गाउँसमिति बनेको छ ।

सन्धिखर्क नगरपालिका

अध्यक्ष – राजेन्द्र भुसाल
उपाध्यक्ष- कृष्णहरि भुसाल
उपाध्यक्ष -देब बहादुर रायमाझी
उपाध्यक्ष – सीता सिर्पाली
सचिव – बालकृष्ण आचार्य
सह-सचिव -काजीमान रायमाझी
कोषाध्यक्ष- मोहनसिह ठकुरी

सितगङा नगरपालिका

अध्यक्ष – मणि अधिकारी
उपाध्यक्ष- राम प्रसाद भट्टराई (शाखा)
उपाध्यक्ष -रुकेश आले
उपाध्यक्ष -पहल बहादुर घर्ती (भुमिका)
सचिव – विष्णु परियार (गोकुल)
सह-सचिव -भुपाल शारु
कोषाध्यक्ष- सरिता परियार

मालारानी गाउँ पालिका

अध्यक्ष: पदम क्षेत्री
उपाध्यक्ष :बि बि खड्का
” : उदय बहादुर थापा
” : सीता बिक
सचिव :शिबलाल कुवर
सह सचिव :कृष्ण पोख्रेल

कोषाअध्यक्ष :सपना महत्रा सहित ५१ सदस्यीय गाउँ कमिटी

छत्रदेब गाउँपालिका

अध्यक्ष -रामलाल पराजुली
उपाध्यक्ष -तारा पाण्डे
उपाध्यक्ष बाबुराम शिर्पाली
उपाध्यक्ष -धर्मराज पाण्डे
सचिव-नारायण खनाल
सह-सचिव -डिल्लिराज पौडेल
कोषाध्यक्ष-पदमा श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्