जिल्ला स्तरीय सरोकार वालाहरु संग (HIV)कार्यक्रम सम्बन्धि समन्वय तथा समिक्षा बैठक सम्पन्न

| २०७८ पौष ७ गते १७: ०१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष ७- जिल्ला स्तरीय सरोकार वालाहरु संग (HIV)कार्यक्रम सम्बन्धि समन्वय तथा समिक्षा बैठक सम्पन्न भएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे को प्रमुख आतिथ्यता मा सम्पन्न बैठकमा प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा ,जिल्ला समन्वय कार्यलय का नायब सुब्बा बिनोद कुवर,स्वास्थ कार्यलय का निमित्त कार्यलय प्रमुख राधाराम आचार्य  स्वास्थ कार्यलय का सूचना अधिकारी बिजय बिक .रेड्क्रस प्रतिनिधि हरि प्रसाद दमासे, गैसस महासंघ का अध्यक्ष ठाकुर प्रसाद  अधिकारी,,लोकतान्त्रिक गैससका प्रतिनिधि तारा प्रसाद घिमिरे सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली ,अर्घाखाँची अस्पताल का सूचना अधिकारी निम राना ,ल्याब टेक्निसियन राजकुमार बन्जाडे नर्सिङ प्रमुख सरस्वती बन्जाडे 
मल्लरानी ग्रामीण बिकाश केन्द्रका कार्यकारी प्रमुख बिजय श्रेष्ठ लगायतको उपस्थित रहेको थियोे।

 सन्देश सहयोग समूह अर्घाखाँची र मल्लरानी ग्रामीण बिकाश सरोकार केन्द्र द्वारा आयोजित समिक्षा बैठकमा सन्देश समुहकी जिल्ला कोडिनेटर  पार्बता थापा र सरोकार केन्द्र कि एचआईभी कोडिनेटर जेनि भट्टराईले जिल्लामा एचआईभी को अबस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।जिल्ला मा हाल एचआईभी सन्क्रमित एक सय दस रहेको जस अनुसार पचपन्न पुरुष र पचपन्न महिला रहेको जानकारी गराइएको थियो त्यसको अलवा ७  जना काबा बालबालिका (अठार बर्ष) मुनिका समेत सम्क्रमित रहेका छन् ।

काबा सन्क्रमित ७ जना बालबालिका हरु लाई प्रतीब्याक्ती  प्रती महिना  एक/एक हजार आर्थिक सहयोग  सन्देश सहयोग समूह अर्घाखाँचीले गर्दै आइरहेको छ।
    कार्यक्रम मल्लरानी ग्रामीण बिकाश सरोकार  केन्दका अध्यक्ष निर्मल प्रसाद श्रेष्ठ को अध्यक्षता केन्द्र का कार्यकारी प्रमुख बिजय श्रेष्ठ को स्वागत मन्तब्य तथा केन्द्र कि कार्यक्रम अधिकृत गिता भुसाल को संचालन मा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्