पाल्पा बस दु’र्घ’टनामा घाइते १३ जनाकै परिचय खुल्यो: अर्घाखाँचीका १ जनाको मृत्यु ,अन्य ४ जना घाइते (नामावलीसहित)

| २०७८ पौष १८ गते १७: ५८ मा प्रकाशित

पाल्पा।  पाल्पा लगुवामा आज भएको बस दुर्घटनामा घा’इ’तेको परिचय खुलेको छ। बुटवलदेखि गुल्मीको रिडीतर्फ जाँदै गएको लु१ख ७२७९ नम्बरको बस दु’र्घ’टना हुँदा १३ जना घा’इ’ते भएका छन भने अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ का २५ बर्षिय शंकर बिकको मृत्यु भएको छ। 

घाइते हुनेमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली,अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना-६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२, का ३७ वर्षीय रमेश टोमटा रहेका छन्।

यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना-६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान छन्। यस्तै बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।

घा’इ’तेमध्ये ७ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। श’व बसले च्यापिएकाले निकाल्न समय लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

बुटवल रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको शव दाहसंस्कारका लागि बस मलामी बाेकेर रिडी हिडेँको थियो ।आफ्ना बुबाको श’व अन्तेष्टीका लागि बुटवल रानीगञ्ज बस्दै आएका बिशाल बिक (गहतराज) र पशुपति बिक मलामी सहित कालिगण्डकी रिडी जादैँ गरेको थियो  ।

प्रतिक्रिया दिनुहोस्