डिभर्नामा अवैध रुपमा संचालित क्रसर उद्योग नेकपा कम्युनिस्ट पार्टी अर्घाखाँचीले बन्द गरायो (भिडियो सहित)

| २०७८ पौष २९ गते १६: ४२ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले विभिन्न माग राख्दै सन्धिखर्क नगरपालिका ११ डिभर्नामा अवैध रुपमा  सञ्चालन गरेको क्रसर उद्योग बन्द गराएको थियो।

नेकपाले विभिन्न ५ बुद्धे माग राख्दै आज कालो व्यानर टाँसेर डिभर्नामा अवैध रुपमा सञ्चालन गरेको क्रसर उद्योग बन्द गराएको हो । डिभर्नामा ठेक्दार ऋषिराम अधिकारीले क्रेसर मेसिन संचालन गर्दै आएका थिए । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले विभिन्न माग राख्दै सन्धिखर्क नगरपालिका ११ डिभर्नामा अवैध रुपमा  संचालन गरेको क्रसर उद्योग बन्द गरेको नेकपा जिल्ला सदस्य बाबुराम नेपाली जानकारी गरेका छन।

नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले विभिन्न ५ बुद्धे माग राख्दै आज कालो व्यानर टाँसेर डिभर्नामा अवैध रुपमा सञ्चालन गरेको क्रसर उद्योग बन्द गराएको हो । डिभर्नामा ठेक्दार ऋषिराम अधिकारीले क्रेसर मेसिन संचालन गर्दै आएका थिए । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला युवा नेता तथा सन्धिखर्क र भुमिका स्थान नगर इन्चार्ज तथा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य  नविन खड्काले आफुहरुले जिल्लाका सरोकारवाला निकायलाई पटक पटक जानकारी गराउदा कुनै बास्ता नगरेको मापदण्ड अनुसार काम नगरेको प्राकृतिक सम्पदाको दोहन गरेको राज्यलाई तिर्न पर्ने कर नतिरेको बिधालय नजिक अबैध रुपमा खोलेका कारण आफ्नो पार्टीले बन्द गर्नु परेको बताए।

 एउटा ठेकदारले क्रसर खोलेर चलाउदा पनि सरकारी निकाए  मौन बस्नु ले दलाल संसदीय व्यवस्था असफलता को यो गतिलो उदाहरण भएको बताउदै यस्ता गलत का विरुद्ध सम्पुर्ण सचेत नागारिक एक हुनु पर्ने बताउनु भयो।नेपाल कम्युनिस्ट पार्टी का जिल्ला सेक्रेटरी खेम घर्ती ले यो अबैध काम तत्काल नसचाए कडा प्रतिरोध गर्ने भन्दै यो व्यवस्था दलाल को भएकाले जनता को व्यवस्था ल्याउन सम्पुर्ण नागरिक एक भएर लडने बताउनु भएको छ। 

प्रतिक्रिया दिनुहोस्