अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या घट्दो : शनिवार ७ जनामा कोरोना पुष्टि

| २०७८ माघ ८ गते १८: ४३ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ६ जना,भुमिकास्थान नगरपालिकामानमा १ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस सहित जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५१ पुगेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा 
 ७९ जना,भुमिकास्थान नगरपालिमा ११ जना,शितगंगा नगरपालिकामा ३६ जना,मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा २१ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि १ सय ५१ जना संक्रमित हाल उपचाररत रहेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा कोरोना मुक्त हुनेको संख्या शुन्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्