नेपाल प्रहरीद्वारा अर्घाखाँचीमा अवैध लागु औषध गाँजा फडानी गर्ने कार्य तिब्र

| २०७९ सावन ७ गते १९: ०० मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीका बिभिन्न स्थानमा अवैध लागु औषध गाँजा फडानी गर्ने कार्यक्रम नेपाल प्रहरीले तिब्र रुपमा अगाडी बढाएको छ। 

गाँजा फडानी

आज बिहान करिब १० : ३० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी नियमित तथा साप्ताहिक  कार्यक्रम अन्तर्गत  अर्घाखाँची  जिल्लाको  पाणीनि गाउँपालीका  वडा नं २ दुर्गाफाँट,  भुमिकास्थान न.पा. वडा नं  १ अमलाचौर  आसपासका क्षेत्रहरु लगाएत जिल्लाका  बिभिन्न स्थानहरुमा  अवैध रुपमा  खेती गरिएको तथा आफै उम्रीएको लागु औषध गाँजा प्रहरी चौकी खिदिम  ,प्रहरी चौकी धारापानी र जिल्ला प्रहरी कार्यालय अर्घाखाँची  द्वारा सन्धीखर्क न.पा वडा न. २ अर्घा बिहार मा गई अन्दाजी  १० आना जग्गामा १०० बोट  गाँजा फडानी तथा नष्ट गरि गरिएको छ। 

गाँजा फडानी

साथै प्रहरी  चौकी अर्धातोष बाट छत्रदेव गाउँपालीका वडा नं -६ ठुलापोखरा , प्रहरी चौकी जलुके वाट सिद्धारा न.पा  जलुके र सिमलपानीका अं ७०/८० जना  स्थानिय बासिन्दा हरुलाई  भेला जम्मा पारी  लागु  औषध सम्बन्धी  सचेतना मुलक कार्यक्रम गरिएको थियो ।

स्थानिय बासिन्दा हरुभेला
स्थानिय बासिन्दा हरु

 

प्रतिक्रिया दिनुहोस्