एकीकृत समाजवादी निकट पेसागत महासंघ,अर्घाखाँचीको प्रथम भेला प्रशिक्षण तथा स्मृति कार्यक्रम सन्धिखर्कमा सम्पन्न

| २०७९ सावन ८ गते १९: २० मा प्रकाशित

अर्घाखाँची। नेपाल  कम्युनिष्ट  पार्टीका संस्थापक महासचिव  कमरेड  पुष्पलालको ४४ औं  स्मृति दिवसको  सन्दर्भमा  नेपाल कम्युनिष्ट  पार्टी ( एकीकृत  समाजवादी ) निकट  पेसागत  महासंघ, अर्घाखाँचीको  प्रथम  भेला , प्रशिक्षण तथा स्मृति  कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 

 पेसागत महासंघ, नेपाल  लुम्बिनी  प्रदेश कमिटीका अध्यक्ष कमरेड अनिलचन्द्र अधिकारीको अध्यक्षता,  डि . एन . वेल्बासेको स्वागत  मन्तव्य  र  एच . बि . चौहानको संचालनमा सम्पन्न कार्यक्रममा  नेकपा  ( एकीकृत  समाजवादी ) केन्द्रिय  सदस्य एवम्  पेसागत  महासंघ , नेपालका  केन्द्रिय सचिवालय   सदस्यद्वय कमरेड सीता ओझा र  कमरेड  धरणिधर अधिकारी ,  पार्टी  जिल्ला कमिटीका अध्यक्ष  कमरेड राम बहादुर  चौहान ,  पार्टी  प्रदेश  कमिटीका सदस्य  कमरेडहरु , प्रदेश  कमिटी सल्लाहकार   परिषदका  सदस्य  कमरेडहरु , पार्टी  जिल्ला  कमिटीका पदाधिकारी तथा  सदस्य  कमरेडहरु , पेशागत  महासंघ केन्द्र तथा  प्रदेशका नेता  कमरेडहरु , पेसागत  महासंघ संग संबन्धित  जिल्लाको विभिन्न  पालिकाबाट  उपस्थित  कमरेडहरुले आ- आफ्ना गहन  विचारहरु प्रस्तुत  गर्नुभएको  थियो ।

 भेलाले  बि . एच . गुरुङ्गको अध्यक्षतामा २५ सदस्यीय पेसागत  महासंघ  नेपाल , जिल्ला  कमिटी , अर्घाखाँचीको गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्