संघ र प्रदेश सभाको चुनावका लागि पुर्व सभापती भुसालको चौतर्फी चर्चा

| २०७९ सावन ३० गते १५: ०० मा प्रकाशित

टिकाराम सर्मा। आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेशको चुनाव नजिकिएसँगै चुनावि चहलपहल सुरु हुन थालेको छ । एक प्रतिनिधि सभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा पछिल्लो समय चुनावि चहलपहल सुरु हुन लागेको हो । 

नेपाली काँग्रेस र नेकपा एमालेबीच प्रतिष्प्रधा हुने अर्घाखाँचीमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझीको चर्चा चलेको छ भने यता नेपाली काँग्रेसबाट संघ र प्रदेश दुबै क्षेत्रमा कमल प्रसाद भुसालको चर्चा हुन थालेको छ । 

नेपाल तरुण दलका पुर्व केन्द्रीय उपाध्यक्ष हुँदै, पुर्व जिल्ला सभापती निवर्तमान सन्धिखर्क नगरप्रमुख समेत बनेका भुसाल सबैका लोकप्रिय नेता मानिन्छन् । कसैप्रती नराम्रो व्यवहार नदेखाउने, सबैलाई समान रुपले हेर्ने नेता भुसाल पछिल्लो समय सके संघ नभए प्रदेश ख को टिकट ल्याएर जनतामाझ जानुपर्ने स्थानिय नेता कार्यकर्तादेखी जिल्लास्तरिय नेताले भन्ने गरेका छन् । हालसम्म विभिन्न तह र तप्कामा बसि काम गरेका भुसालले कुनै भ्रष्टाचार भने गरेका छैनन् । 

नेपाली काङ्ग्रेसको जिल्ला सभापती रहदादेखी सन्धिखर्क नगरपालिकाको निवर्तमान नगरप्रमुख रहदा सबैलाई समान रुपले हेर्ने नेता भुसाल आगामी मंसिर ४ गते हुने निर्वाचनमा संघ वा प्रदेश सभा ख को टिकट पाए भने पक्कै पनि बाजि मार्न सक्ने प्रशस्तै बाटाहरु छन् । 

प्रदेश सभा ख मा पर्ने शितगङ्गा नगरपालिका, पानीनी गाउँपालिका भुमिकास्थान र सन्धिखर्क नगरपालिकामा नेता भुसालको राम्रो प्रभाव रहेको छ । सन्धिखर्क नगरपालिकाका स्थायी बासिन्दा समेत रहेका भुसाल हरेक कुरामा पोख्त छन् । बालकदेखी वृद्धवृद्धालाई जहाँ देखेपनी नम्र भएर बोलाउने उनको राम्रो बानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्