उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक

| २०७९ भदौ ४ गते १७: ०७ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची। उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ । उनकी ९१ वर्षीय आमा शारदा गौतमको शनिवार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो। 

दिवंगत शारदा गौतम नेपाली कांग्रेसको संस्थापक मध्येका एक, नेपालका प्रथम जननिर्वाचित सरकारका स्वास्थ्य मन्त्री काशिनाथ गौतमकी जीवन संगिनी हुन ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारजनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्