प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ अन्तरगत मतदाता शिक्षा जिल्ला स्तरीय समितिको बैठक सम्पन्न

| २०७९ कार्तिक ५ गते १७: १२ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्बाचन -२०७९ को मतदाता शिक्षा कार्यक्रम निर्देशिका कार्यान्वयन समितिको बैठक जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा सम्पन्न भएको छ ।

मतदाता शिक्षा जिल्ला स्तरीय समिति अन्तरगत जिल्लामा सरोकारवाला निकायहरु सग समन्वय ,साझेदारी  अन्तरसम्बन्ध कायम गरि मतदाता शिक्षा कार्यक्रम अन्तरगत घरदैलो कार्यक्रम सूचना कक्ष संचालन तथा घुम्ती मतदाता शिक्षा कार्यक्रम घरदैलो  नमुना मतपत्र  प्रतक्ष तथा समानुपातिक मतपत्रको बारेमा सिकाइ हुने छ  जस अन्तरगत जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय अधिकारी ,जिल्ला सदरमुकामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत , नेपाल पत्रकार महासंघको प्रतिनिधि सदस्य  र  जिल्ला निर्बाचन अधिकृत सदस्य सचीव रहने जिल्ला स्तरीय समितिको ब्याबस्था रहेको  छ। बैठकले मतदाता शिक्षा संचालनको लागी तत्काल बैठक बसि  कार्यान्वयन  गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
 
त्यसै गरि मतदाता शिक्षा समन्वय समिति स्थानीय तह अन्तरगत सम्बन्धित स्थानीयतहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सम्बन्धित  स्थानीयतहको सामाजिक बिकास हेर्ने अधिकृत ,सम्बन्धित स्थानीयतहको स्वास्थ शाखा प्रमुख सदस्य तथा सम्बन्धित स्थानीयतहको  निर्बाचन सम्पर्क ब्याक्ती सदस्य सचीव रहने छ।
 
त्यसै गरि वडा स्तरमा वडा सचीवको संयोजकत्वमा  मतदाता शिक्षा समन्वय समितिले तोकेको महिला स्वास्थ स्वमसेविका सदस्य तथा वडा सचीवले तोकेको साहायकस्तरको कर्मचारी सदस्य सचीव रहने उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेको अध्यक्षता मा सम्पन्न बैठकमा कोष नियन्त्रक दिपक अधिकारी , जिल्ला निर्बाचन अधिकृत शुरेश भन्डारी ,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,भुमिकास्थान नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेल , छत्रदेब गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त ,पाणिनि गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल , इश्वरि बक्स गुल्मका गुल्मपती मेजर बासुदेब पङेनी,प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल ,सशस्त्र प्रहरी बल ३६ न. गुल्मका गुल्मपती प्रनाउ संगम श्रेष्ठ , अनुसन्धान अधिकृत धिरज बानियाँ , जिल्ला समन्वय प्रतिनिधि बिनोद कुवर ,मालारानी गाउँपालिका का प्रतिनिधि हरिषचन्द्र पान्डे,सितगङा नगरपालिका का प्रतिनिधि कमल पन्थी , निर्बाचन कार्यालयका नासु रबि अर्याल , कम्पुटर अप्रेटर जगदीश पान्डे   नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्