गठबन्धनकाे सरकार बनेपछि अर्घा भगवती विमानस्थलकाे निर्माणका लागि १० कराेड विनियोजन गरेका छौँ : भुसाल

| २०७९ कार्तिक २८ गते १४: ३९ मा प्रकाशित

अर्घाखाँची, २८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पुष्पा भुसालले गठबन्धनकाे सरकार बनेपछि अर्घामा बन्न लागेकाे अर्घा भगवती विमानस्थलकाे निर्माणका लागि गठबन्धनकाे सरकार बनेपछि १० कराेड विनियोजन गरेकाे बताईन ।

सन्धिखर्क नगरपालिकाकाे वडा नं. ९ र १० अर्घा धरमपानीमा भएकाे चुनावी सभामा सम्बाेबन गर्दै निर्माण हुन लागेकाे विमानस्थलकाे काम अगाडि बढाएका छाैँ, निर्वाचन पछि बन्ने गठबन्धनकाे सरकारले निर्माणाधिन विमानस्थलकाे काम सम्पन्न गर्ने बताईन । १० कराेडबाट टेण्डर अगाडि बढेकाे अब काम सुरू हुन्छ, नेतृ भुसालले भनिन् ।

अर्घामा एयरपोर्ट निर्माणपछि गाउँमै स्वराेजगार हुने, जिल्लाका यात्रुलाई काठमाडौं पुग्न सहज हुने भएकाेले गठबन्धनकाे सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाईन ।

५ वर्षमा अर्घाखाँचीकाे मुहार परिवर्तन गर्नुपर्छ, नेतृ भुसालले भनिन् गाउँमा हुने हरेक विकासकाे लाभ सबै जनताले घरघरमा पाउँनुपर्छ, सबै जनता समृद्ध बन्नुपर्छ ।

प्रदेश सभा (ख) का उम्मेदवार सागर केसीले अर्घाखाँचीकाे विकास र समृद्धिका लागि गठबन्धन दलले जित्नुपर्ने बताए । उनले कृषि, स्वास्थ, शिक्षाकाे माध्यमबाट जनतालाई समृद्ध बनाउँन सक्ने भएकाले गठबन्धनकाे ध्यान समृद्ध जिल्ला बनाउनमा जाने बताए ।

प्रतिक्रिया दिनुहोस्