लुम्बिनी कला रत्न २०८० बाट अर्घाखाँचीका लेकाली सम्मानित

| २०८० बैशाख २१ गते ०१: ५२ मा प्रकाशित

गोपालप्रसाद भट्टराई 
बैशाख-२१,अर्घाखाँची ।नेपाली कला,साहित्य र संस्कृतिका हस्ती हिम बहादुर जि.सी.लेकाली लुम्बिनी कला रत्न २०८० बाट सम्मानित हुनुभएको छ । प्रगतिशिल सांस्कृतिक आन्दोलनका यात्री,साहित्य र कलाका साधक लेकालीलाई लुम्बिनी वाङ्गमय प्रतिष्ठानले नेपाली कला,साहित्य र संस्कृतिको विकासमा अमुल्य योगदान पु¥याएको र अथक साधना गरेको निष्कर्ष सहित लुम्बिनी कला रत्न २०८० ले सम्मान गरेको हो । 

२०४० सालदेखि कला,साहित्य र संस्कृतिको संरक्षण,संवद्र्धन र विकासमा पाइला चाल्नुभएका लेकालीले ४ दशकदेखि अहोरात्र यसैक्षेत्रमा यात्रा गरिरहनुभएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान अध्यक्ष समेत रहनुभएका लेकालीले लामोसमय देखि सन्धिखर्कमा लेकाली आर्टको माध्यमबाट कला प्रदर्शन गर्दै आउनुभएको छ । 

आँखाले हेरेकै भरमा लेकालीले सिर्जनशिल हातको माध्यमबाट कनैपनि बस्तु वा प्राणीको दुरुस्तै नक्कल उतार्नुहुन्छ । सादा जिवन उच्च विचारलाई प्रेरक मान्ने लेकालीले कला,साहित्य र संचारको क्षेत्रबाट सामाजिक परिवर्तनको आन्दोलन र सामाजिक सचेतनाको अभियानमा समेत योगदान पु¥याउनुभएको छ । लुम्बिीनी वाङ्गमय प्रतिष्ठान केन्द्रिय समितिले यसबर्षको लुम्बिनी कला रत्नको पदवी लेकालीलाई प्रदान गर्ने निर्णय भएबमोजिम हिजो उहाँकै निवासमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । 

प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा गरिएको सम्मान कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिषि आजाद र सल्लाहकार माधवराज चुँदालीले लुम्बिनी कला रत्न पदवीले लेकालीलाई सम्मान गर्नुभएको हो । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि उपचारपछि निवासमै आराम गरिरहनुभएका लेकालीलाई सम्मान गर्न प्रतिष्ठानको टोली घरमै पुगेको हो । प्रतिष्ठान अर्घाखाँचीका कार्यबाहक अध्यक्ष कमल पोख्रेल,साहित्य तथा कलाक्षेत्रका श्रष्ठाहरु डबल वि.सी.,मुनाल महत,सहयोगी वि.सी. र मन्जु वि.सी. लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

 लेकालीलाई लुम्बिनी कला रत्न २०८० ले सम्मान गरेकोमा केन्द्रिय समितिलाई धन्यावाद ज्ञापन गरेको प्रतिष्ठान अर्घाखाँचीले लेकाली बधाई सहित स्वास्थ्यलाभको कामना समेत गरेको छ । प्रतिष्ठानका जिल्ला सदस्य गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिषि आजाद,केन्द्रिय सल्लाहकार माधवराज चुदाली लगायतका वक्ताले लेकाली जस्ता समाज सुधारका अभियान्तालाई राज्यले चिन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्