नेपाली भुमिमा आफ्नो साम्राज्य जमाउन अमेरिकाले नेपालमा पार्टी खोल्यो: राजमो लुम्बिनी अध्यक्ष खत्री

| २०८० बैशाख २१ गते १४: ०९ मा प्रकाशित

गोपालप्रसाद भट्टराई 
बैशाख-२१,अर्घाखाँची ।राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बम बहादुर खत्रीले आफ्नो प्रभाव बढाउन अमेरिकाले नेपालमा पार्टी खोलेको दाबी गर्नुभएको छ । एमसिसि,एसपिपि जस्ता कार्यक्रमको माध्यमबाट नेपालमा गतिविधि बढाएको अमेरिकाले आफ्नो साम्राज्य जमाउन रवि लामिछानेलाई प्रयोग  गरि स्वतन्त्र नामको पार्टी संचालन गरेको उहाँको दाबी छ । 

नेकपा मसालले मे १ बाट देशैभर एकैसाथ संचालन गरेको ऐतिहासिक तीन अभियान र १ सय ३४औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा अर्घाखाँचीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रदेश अध्यक्ष खत्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो । भारतको एकतर्फि हस्तक्षेप संगै नेपालमा अमेरिकि रबाफ समेत बढ्दा मुलुकको राष्ट्रियता अत्यन्तै कठिन मोडमा पुगेको उहाँको भनाई छ । 

दुई–दुईवटा नागरिकता र पासपोर्ट बोकेर आफु अनुकुल प्रयोग गर्ने नागरिकले देश र जनताको पक्षमा काम गर्न नसक्ने भन्दै अध्यक्ष खत्रीले रवि र स्वतन्त्र पार्टीसंग नझुक्किन आम नेपालीलाई आग्रह समेत गर्नुभएको छ । देशमा एकातिर प्रतिगामी र अर्कातिर साम्राज्यवादी खतरा कायम रहेकोले दुबै शक्ति विरुद्ध लड्नुपर्नेमा उहाँको जोड रहेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय कोषाध्यक्ष मधु क्षेत्रीले नेपालमा पहिल्यैदेखी नै आत्मनिर्भर बन्न नदिने विदेशी निति रहेकोले उनिहरुको भेष र भाषामा अल्मलिन नहुने जिकिर गर्नुभएको छ । 

श्रमिक दिवसको प्रसंग जोड्दै कोषाध्यक्ष क्षेत्रीले मजदुरहरु संगठित नभएसम्म कम्युनिष्ट आन्दोलन सफल नहुने बताउनुभएको छ । संसारमा पुँजीवादले मजदुरमाथि थिचोमिचो गरिरहेकोले मजदुरहरुलाई संगठित गर्दै श्रमजिवीको हकहितको निम्ती लड्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा मसाल अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालको अध्यक्षता,राजमो जिल्ला सचिव बाबुराम पन्थीको स्वागत मन्तव्य र जिल्ला अध्यक्ष थम्मन के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा राजमो नेता शेर बहादुर वि.सी.,अनेम संघ महासचिव सकुन्तला राना र अन्टुक जिल्ला अध्यक्ष इन्द्रमणी भुसालले मन्तव्य राख्नुभएको थियो । 

राजमो

राजमो केन्द्रिय सदस्य झविलाल थापा,सागर के.सी.,यमलाल पोख्रेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरुले कम्युनिष्टको खोल ओडेर बदनाम गर्नेहरुका कारण आन्दोलन कमजोर भएको जिकिर गर्दै कम्युनिष्ट आन्दोलनको विकासमा सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ । सोही कार्यक्रमको अवसरमा नेकपा मसालले ऐतिहांसिक तिन वटा अभियान अन्तरगत एक बर्षे कार्यक्रम समेत सार्वजनिक गरेको नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्