अर्घाखाँचीका क्यान्सर पिडित पराजुली र मृगौला पिडित योगेन्द्रलाई राज्यमन्त्री सिर्पालीको पहलमा आर्थिक सहयोग

| २०८० बैशाख २८ गते १५: ४७ मा प्रकाशित

गाेपिराम ज्ञवाली ,काठमाडौं। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निवासी मनिष पराजुली २४ वर्षकाे उमेरमा विगत केहि समय देखि घाँटीको क्यान्सरबाट ग्रसित भई हाल उपचाररत अवस्थामा रहनु भएकाे र भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ निवासी योगेन्द्र सिंह सुनार मृगौलाकाे समस्याबाट ग्रसित भई उपचाररत अवस्थामा रहनुभएका दुबै जनाकाे उपचारमा थप सहयाेग हाेस भन्ने उद्देश्यका साथ राज्यमन्त्री सिर्पालीको पहलमा विभिन्न सामाजिक संघसंस्थाहरुबाट सहयाेग जुटाई ५१\५१ हजार रुपैयाँ रकम उपलब्ध गराउनु भएको छ। 

राज्यमन्त्री सिर्पाली ले उहाँहरुकाे स्वस्थ्यलाभकाे कामना गर्दै सहयाेगमा सबैलाई जुट्न अनुराेध समेत गर्नु भएकाे राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव विष्णु प्रसाद गैरेले बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्