अर्घाखाँचीकी पहिलो महिला सिडियोको विदाई कार्यक्रम सम्पन्न

| २०८० जेठ ५ गते १७: ४४ मा प्रकाशित

सुर्य भुसाल ,सन्धिखर्क। गृह मन्त्रालयको मिति २०८०/०२/०२ गतेको  निर्णयबाट अध्यागमन कार्यालय गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा सरुवा हुनु भएकी अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी मीना अर्यालको आधिकारिक ट्रेड युनियन लगायत अन्य ट्रेड युनियनहरुले संयुक्तरुपमा विदई गरेका छन । ४ महिना अघि मात्र अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा सरुवा भएको थियो । 

अर्घाखाँची जिल्लामा ईतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी मीना अर्यालको ४ महिले कार्यकाल सफल रहेको उक्त कार्यक्रममा सहभागी विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुले बताएका थिए ।

 जिल्लामा ट्रेड युनियनले संचालन गरेको सेवाग्राहीको अभिवादन कार्यक्रमलाई कार्यालय प्रमुखको वैठकबाट निर्णय गराई लागु गराउनु भएको थियो । साथै उक्त विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले यस जिल्लामा रहँदा वस्दा सबैबाट साथ, सहयोग र समन्वयन भएकोले ४ महिले कार्यकाल सुखद रहेको भन्दै सहयोग गर्ने जिल्लाबासी सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गर्नु भएको  थियो । साथै यसरी सकरात्मक र रचनात्मक क्रियाकलाप गर्ने अर्घाखाँचीका सबै ट्रेड युनियनहरुलाई यस्तै क्रियाकलाप गर्न अग्रसर रहनु भन्दै शुभकामना दिनु भएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, संगठनका गणेश प्रसाद भण्डारी, राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष पूर्ण प्रसाद पराजुली, संगठनका जिल्ला सचिव माधव भुसाल, अस्थायी तथा ज्यालादारीका लुम्बिनी प्रदेशक उपाध्यक्ष सुदिप जि.सी.  लगायत ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

साथै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले यस जिल्लाबाट आन्तरिक राजस्व कार्यालय बुटवलमा सरुवा हुनु भएका कर अधिकृत कमल सुवेदी, भैरहवा लुम्बिनी भूमीगत जलसिंचाई व्यवस्थापन कार्यालयमा सरुवा हुनु भएका क.अ. जगदिश्वर पाण्डेको विदाई जिल्ला हुलाक कार्यालयमा लोकसेवा बाट नयाँ सिफारिस भई आउनु भएका खरिदार कृष्ण प्रसाद ज्ञवालीको स्वागत गरेको थियो । 

कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी मिना अर्यालको प्रमुख आतिथ्यता र सिबिएका सह-सचिव नारायण दमासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्