नेपाल पत्रकार महासंघ अर्घाखाँचीको अनुरोध:निष्क्रिय सदस्यहरुले सदस्यता त्याग गरेर शुद्वीकरण अभियानलाई सहयोग गरिदिनुहोस्

स्वइच्छाले सदस्यता त्याग गरेमा उक्त सदस्यहरुलाई बिशेष सम्मान गरिने

| २०८० जेठ १० गते १७: ५५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले केन्द्रिय समितिको सदस्यता शुद्वीकरण अभियानको सर्कुलर अनुसार पत्रकारितामा सक्रिय नरहनुहुने सदस्यलाई आफ्नो सदस्यता त्याग गरि शुद्वीकरण अभियानलाई सहयोग गरिदिन अनुरोध गरेको छ। 

पत्रकारितामा सक्रिय नरहनुहुने सदस्यहरुले आफ्नो स्वइच्छाले सदस्यता त्याग गरेमा उक्त सदस्यहरुलाई बिशेष सम्मान गरिने पनि सुचना मार्फत महासंघले जानकारी गराएको छ। 

स्वइच्छाले सदस्यता त्याग गर्ने मिति ज्येष्ठ १७ गते सम्म रहेको बुझिएको छ। सदस्यता त्यागेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको कार्यालयमा उपस्थित भएर लिखित रुपमा वा इमेल ठेगाना arghakhanchifnj@gmail.com मा जानकारी गराउनुपर्ने महासंघले जारि गरेको सुचनामा उल्लेख छ। 

सुचना

 

 

प्रतिक्रिया दिनुहोस्