पाल्पाको रैनादेबी छहरामा भएको गाडी दुर्घटनामा परि मृत्यु भएका तथा घाइतेको अबस्था बुझ्न् राज्यमन्त्री शिर्पाली घर घरमा

| २०८० जेठ २७ गते २१: ५२ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।नेपाल सरकारका सस्कृती पर्यटन तथा नागरिक उद्व्यन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरी गाडी दुर्घटनामा परि मृत्यु भएका तथा घाइते हरुको अबस्था बुझ्न् ऊनी हरुको घर घरमा पुगेकी छन् ।

जेष्ठ २१ गते रुपन्देहीको सालझन्डी बाट अर्घाखाँचीको पाणिनि आउदै गरेको  बलेरो जिप पाल्पाको रैनादेबी छहरा गाउँ पालिका वडा न.-८ सत्यबती  स्थित किउरे छेडामा दुर्घटना हुदा घटनास्थल तथा उपचारको क्रममा ५ जनाले ज्यान गुमाएका साथै ११ जना घाइते भएका थिए ।

यसै बिच शनिबार राज्यमन्त्री सिर्पाली  मृतकहरु जिल्लाको पाणिनि गाउँपालिका वडा न. २ निवासी मृतक सीता गौतम तथा छोरा संयोग गौतम , वडा न. १ का कृष्ण प्रसाद पोख्रेल ,वडा न.१ कै रमेश बिक तथा वडा न-१ का श्याम कला परियारको  घर घरमा पुगि समबेदना प्रकट गर्नुका साथै घटनाको बारेमा सत्य तथ्य बुझ्ने प्रतिबद्धता ब्याक्त गरेकी थिइन ।

उनिसगै नेकपा ( माओबादी केन्द्र ) केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार बिक , बैकल्पिक केन्द्रिय सदस्य छमकुमारी खनाल , प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल , प्रदेश सचिवालय सदस्य पुनम,पाणिनि गाउँ कमिटी इन्चार्ज बिमला घिमिरे , पालिका कमिटी उपाध्यक्ष तुल बहादुर रेश्मी , पालिका कमिटी सह सचीव सौगत वलि,वडा कमिटी अध्यक्ष पोस्ट बहादुर रास्कोटी,पालिका कमिटी सदस्य शुशिला भट्टराई ,पार्बता घिमिरे   नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको टोलि  जानुका साथै मन्त्री शिर्पालीले सहिद परिवार तथा वडा न ८ का आफ्ना पार्टी कार्याकर्ता लाई समेत भेटघाट गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्