एकल लोकगीत प्रतियोगिता : अर्घाखाँची अडिसनबाट प्रदिप र कल्पना छनोट(तस्विर सहित)

| २०८० जेठ ३१ गते १९: ५९ मा प्रकाशित

बिराट पहारी,अर्घाखाँची। 
 ३१ जेठ २०८० - अर्घाखाँची मा  सञ्चालित एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट दुुई जना प्रतियोगी छनोट भएका छन् । लुुम्बिनी प्रदेश स्तरीय एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट प्रदिप बि.क र कल्पना परीयार छनोट भएका छन।

लुुम्बिनी प्रदेश स्तरीय एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट प्रदिप बि.क र कल्पना परीयार छनोट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कमिटी  शाखा अर्घाखाँची ले  प्रदेशमा हुने प्रतियोगीताका लागि सञ्चालन गरेको अडिसनमा भाग लिएका १२ जना प्रतियोगीहरुबाट प्रदिप र कल्पना छनोट भएको प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र जि.सी ले  जानकारी दिए ।

लुुम्बिनी प्रदेश स्तरीय एकल लोकगीत प्रतियोगिता

खुल्ला अडिसनको पहिलो चरणबाट ६ प्रतियोगी छनोट भएका थिए । ति मध्ये दुुई जनालाई प्रदेश प्रतियोगिताका लागि छनोट गरिएको अध्यक्ष जि.सी ले बताए । असार ७ गते प्रदेशस्तरीय प्रतियोगिता हुँदै छ । जिल्लाबाट छनोट भएका दुई जना प्रतियोगीहरुले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने प्रतिष्ठान लुम्बिनी प्रदेशका निवर्तमान सदस्य सहयोगी बि.सी ले  जानकारी दिए। लोक सस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना र सम्पूर्ण जिल्ला शाखाहरुको सह–आयोजनामा प्रतियोगीता हुन लागेको बि.सी ले बताए । 

असार ७ गते प्रदेशस्तरीय प्रतियोगिता हुँदै

उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार १ सय ११, दोस्रो हुनेले ३१ हजार १ सय ११ र तेस्रो हुने २१ हजार १ सय ११ सहित मेडल र प्रमाण  पत्र पाउने छन् । कार्यक्रम को संचालन भने प्रतिष्ठानकै सदस्य तथा प्रवक्ता नवीन रसाइली गरेका थिए ।

प्रदिप बि.क र कल्पना परीयार छनोट
जर्जहरु 
प्रतिस्प्रधिहरू 

 

प्रतिक्रिया दिनुहोस्