अतिरिक्त हुलाक पुनर्स्थापनाको माग गर्दै नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन अर्घाखाँची आन्दोलनमा(तस्विर -भिडियो सहित)

| २०८० असार ५ गते १४: ५४ मा प्रकाशित

गोपालप्रसाद भट्टराई,सन्धिखर्क। अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयका विरुद्ध ,अतिरिक्त हुलाक पुनर्स्थापनाको माग गर्दै नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन आन्दोलनमा रहेको छ । 

अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन आन्दोलनमा

केन्द्रिय कार्यक्रम अनुसार एशोसियशन अर्घाखाँचीले आज सन्धिखर्कमा प्रदर्शन गरेको छ ।

 शान्तिबगैचाबाट नाराजुलुस सहित सुरु भएको प्रदर्शन जिल्ला हुलाक कार्यालय अर्घाखाँचीको प्राङ्गणमा पुगेर  कोणसभामा परिणत

 कर्मचारी एशोसियशन अर्घाखाँचीका अध्यक्ष बुद्धि भट्टराईको नेतृत्वमा  शान्तिबगैचाबाट नाराजुलुस सहित सुरु भएको प्रदर्शन जिल्ला हुलाक कार्यालय अर्घाखाँचीको प्राङ्गणमा पुगेर  कोणसभामा परिणत भएको थियो । 

अतिरिक्त हुलाक कार्यालय बन्द गरि आन्दोलन थालेका कर्मचारीले आज बिरोध प्रदर्शन गरेका हुन् 

जेठ १८ गतेबाट अतिरिक्त हुलाक कार्यालय बन्द गरि आन्दोलन थालेका कर्मचारीले आज बिरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्